Skip to main content

Posts

Showing posts with the label lake

रारा राष्ट्रिय निकुञ्जको जीवन्त यात्रा: स्वच्छन्दताको खोजीमा

प्रसङ्ग नेपालको! नेपाल—एक अद्भुत, अनन्त बगैंचा—जसको अन्त्य न समयले पाउँछ, न यात्रुको पाइला थाक्छ। यति विशाल, यति रहस्यमयी, कि आदि कालखण्डका यात्रुहरूले पनि यसको सम्पूर्ण सौन्दर्य देख्न सक्दैनन्। प्रत्येक मोडमा, प्रत्येक कुना-कन्दरामा, प्रकृतिले आफ्नो चमत्कारहरू सजाएकाे छ। यस्तै एक स्वर्गीय सौन्दर्य हो—रारा ताल। निलो आकाशले निहारिरहेको, पहाडले अंकमाल गरेको, र मनले कहिल्यै बिर्सन नसक्ने विशाल जलकुन्ड, जसले आत्मालाई बोलाउँछ—शान्तिको गहिराइमा डुब्न। हरेक वर्ष म एउटा वा दुइटा ट्रेकिङ गर्छु। हाइकिङ भने महीनामा दुई ओटा गर्छु। नेपालको सौन्दर्यलाई साँच्चै कदर गर्ने हो भने, पैदल यात्रा नै उत्तम माध्यम हो। त्यो अनुभव यति गहिरो हुन्छ कि शब्दले बयान गर्न कठिन पर्छ। तर २०८१ साललाई विदाई गर्न यो पटक पैदल यात्रा होइन, A Road Trip to Rara National Park को योजना बन्यो। आखिर, सबै कुरा अनुभव नै त हो—हरेक यात्रा, हरेक मोड केही न केही सिकाइ लिएर आउँछ। रारा ताल जति स्वर्गीय छ, त्यहाँ पुग्न भने त्यति सहज छैन। यात्राको चौथो दिनमा मात्र हामीले त्यो अनुपम सौन्दर्य आफ्नै आँखाले अवलोकन गर्ने सौभाग्य प्राप्त गर्‍यौ...